जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् ।
लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।
साहका अनुसार यस क्षेत्रबाट नेता महतोको एकल नाम सिफारिस गरिएको छ । महतो २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका थिए ।
यो क्षेत्रबाट नेकपा एमालेले जुली महतोको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको मुद्दा बार्गेनिङमा टुङ्ग्याउन खोजिँदै छ : राजेन्द्र महतो
राजेन्द्र महतोको पार्टीको नाम फेरियो
नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो
अहिलेको संविधान रक्तरञ्जित छ, यसको पूनर्लेखन आवश्यक छ : राजेन्द्र महतो
राजेन्द्र महतोद्वारा पार्टी घोषणा
राजेन्द्र महतोले दिए बंगलादेशका नवनियुक्त प्रधानमन्त्री युनुसलाई बधाई