चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकमतद्वारा उम्मेदवार सिफारिस गरिएको नेता गोपाल न्यौपानेले जानकारी दिए।
प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ। यद्यपि प्रचण्डले आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन्।
बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ।
न्यौपाने नेकपा माओवादीका तत्कालीन बेपत्ता केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेका छोरा हुन्। उनी राज्यद्वारा बेपत्ता पारिएका सबैभन्दा उच्च माओवादी नेता हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिने छ: प्रचण्ड
हिजो क्रान्तिको प्रतीक झापा अहिले प्रतिक्रान्तिको बन्ने खतरा देखिँदैछ : प्रचण्ड
मधेस जागरण अभियान सुरु गर्दै प्रचण्ड
माओवादी केन्द्रले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् : प्रचण्ड
२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन् : प्रचण्ड