काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको टिप्पणी गरेका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानको शुभारम्भ गर्न झापा पुगेका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘झापा हिजो एउटा विद्रोहको प्रतिकका रूपमा चिनिन्थ्यो। त्यति बेला क्रान्तिकारी धारकै नेतृत्व तपाईँहरूले गर्नुभएको थियो। तर, अहिले नेतृत्व पुँजीवादी धारतिर गइसकेको छ। क्रान्तिको धार छोडिसकेको छ ।
उनले आज प्रतिक्रान्तिको खतराबाट जोगाउन अपिल गरे । उनले थपे, ‘फेरि नयाँ समाजवादी क्रान्तिका निम्ति नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । फेरी नयाँ एकता गर्नुपर्ने आवश्यकता छ ।’
प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान पनि गरे। यस्तै, प्रचण्ड लगायत नेताहरूले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झन्डा फहराए। पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि अपिल गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार बिचौलियाको चंगुलमा छ, भ्रष्टाचारको संरक्षण गरिरहेको छ: प्रचण्ड
कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
गैँडाकोटमा प्रचण्डको मर्निङ वाक
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने- सुशासनका नयाँ मानक स्थापित गरौँ