गाँजासहित दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १२ : २०
गाँजासहित दुई जना पक्राउ

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट करिव ७० केजी अवैध लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका–१ चकरी बस्ने २० वर्षीय सुभाष लामा रहेका छन् । उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६९०६ नम्बरको मिनीट्रकलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस