पेस्तोलसहित राधे समूहका दुई जना गुण्डा समातिए

विहीबार, ३१ जेठ २०७५, १४ : १४
पेस्तोलसहित राधे समूहका दुई जना गुण्डा समातिए

काठमाडौं । गुन्डागर्दीमा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय भएर गन्डागर्दीमा संलग्न  राधे समुहका दुई जना पेस्तोलसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काभ्रेको झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङ छन् । काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पेस्तोल र एउटा खुकुरीसहित नियन्त्रणमा लिएको हो ।

होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्क्याएर हप्ता असुलीमा उनीहरु सक्रिय रहेको गुसानोपछि प्रहरीले निगरानी बढाएको थियो ।  खोजतलासका क्रममा उनीहरुलाई बुधबार राति ठमेल, ज्याठाको गल्लीबाट नियन्त्रणमा लिइएको परिसरका प्रमुख वरिष्ठ उपरीक्षक ९एसएसपी० विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस