ट्राफिक प्रहरीको विशेष चेकिङ :अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारवाहीमा

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १६ : ३५
ट्राफिक प्रहरीको विशेष चेकिङ :अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारवाहीमा

काठमाडौं ।अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले  आज देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिएको छ । काठमाडौंको कीर्तिपुर स्थित टि।यु गेट नजिकै आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा  गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारवाही गरेको हो । यस्तै, हेड लाईट ठिक नभएको एउटा र अवस्था ठिक नभएको ५ ओटा टाटा सुमोका चालकलाई कारवाही गरिएको छ ।  
 
चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ति ठिक नभएको ८ ओटा पानी ट्याङकर र  अन्य टाटा र डि। आई गाडीका ८ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तिव्रता दिईएको हो ।

आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठिक नभएको सवारी साधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९  बमोजिम कारवाही हुने पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । 
 

प्रतिक्रिया दिनुहोस