फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेसमा उपविजेता बनिन् जुम्लाकी सुनमाया

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १५ : ३५
फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेसमा उपविजेता बनिन् जुम्लाकी सुनमाया

ब्रसेल्स । फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । “द नर्थ फेस एडभेन्चर“ क्लबका लागि नेपालको अति विकट जुम्ला जिल्लामा २३ वर्ष अघि जन्मिएकी सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै यसै हप्ता दोस्रो स्थान हासिल गरेकी हुन् ।

उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग भन्दा पछि परेकी छन् । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । अमेरिकाकी धाविका अबी हलले निर्धारित दूरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।

गतवर्ष थाइल्याण्डमा भएको यूटीएमबीमा पहिलो भएपछि उनले विश्व च्याम्पियनशीपको मान्यता पाएको यस अल्ट्रा दौडमा छनोट भएकी थिइन् । बाल्यकालदेखि नै दौडमा लगाव राख्ने विश्व चर्चित उपबिजेता बुढा करिब तीनहजार मिटर उचाईमा जन्मिएकी हुन् ।

अध्ययन गर्ने जुम्लाकै स्कूलमा हुने छोटो लामो दूरीको प्रतियोगिताहरूमा विजयी बन्दै उनी अगाडि बढेकी हुन् । उनले कर्णाली स्पोर्टस क्लब जुम्लामा रहेर आफ्नो तालिम लिने गरेकी थिइन ।

सन् २०१६ मा ‘Richard Boll’ ले आयोजना गरेको काठमाडौंस्थित गोदावारी ट्रेल रनिङमा पहिलो पटक भाग लिएकी सुनमायालाई दौड कला राम्रो प्रदर्शन गरेकै कारण बालाजु काठमाडौ बस्ने बिश्व चर्चित अल्ट्रा रेस धाविका मिरा राईसँग बस्ने र तालिमको अवसर प्राप्त गरिन् ।

छोरी गाउँबाट आफ्नो पढाई छोडेर खेलकुदको लागि शहर गएकी सुनमायाको बा–आमालाई मन परेको थिएन । तर छोरी काठमाडौं बसेर विभिन्न दौड प्रतियोगितामा राम्रो गर्दै गएकीले बा–आमा पनि छोरीको दौडने चाहाना र खुसीप्रति सन्तुष्ट बनेको विजय पश्चात प्रतिकृया दिइन ।

विश्वको कठिन दौडमा सबै विधामा गरि २५ सय भन्दा बढी खेलाडी सहभागी हुने गर्छन् । त्यसअघि सुनमायाले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमी दौडमा सहभागिता जनाउँदा सातौं स्थान हाँसिल गरेकी थिइन् ।

हङकङ र थाइल्याण्डमा २०१७ मै उनी सलोमोन योङ एकाडेमीको लागि छनोट भएर ट्रेनिङ्ग पनि लिएकी बुढाले त्यहाँको ११० किमी प्रतियोगिता पनि जितेकी थिइन ।

उनी अहिले बिश्व चर्चित ट्रेड मार्क नर्थ फेसको टिममा आबद्ध छिन । बिजेता सुनमाया बुढा ‘मिरा राई इनिसीएटिभ ‘को पहिलो छात्रा हुन् । विश्व चर्चित अल्ट्रा रेस धाविका मिरा राईले गत वर्ष ईटालीमा सम्पन्न वर्ल्ड च्याम्पियनसीपमा दोश्रो स्थानको उपाधि हाँसिल गरेकी थिइन् ।

फ्रान्समा सँगै रहेकी मिराले सुनमायाको सफलतामा प्रतिकृया दिदै भनिन्, “नेपालमा हजारौ सुनमायाहरू लुकेर, अवसर नपाएर बसेका छन् । हामी उनीहरूको खोजी, प्रतिभाको पहिचानसँगै प्रोत्साहन र अवसर खोज्ने काम गर्छौं । त्यसैका लागि हो ‘Mira Rai Initiative’ फाउन्डेसन । यो फाऊन्डेशन सुनमायाको सफलतामा

प्रतिक्रिया दिनुहोस