सुदूरपश्चिमका मुख्यमन्त्रीले राज्यमन्त्रीलाई हटाए

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १४ : २९
सुदूरपश्चिमका मुख्यमन्त्रीले राज्यमन्त्रीलाई हटाए

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ । 

चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेकाे स्राेतकाे दाबी छ ।  

उनलाई मन्त्री पदबाट हटाउनुकाे कारण भने खुलाइएकाे छैन । ।

facebook sharing button