सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, २१ : १५
सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । 

कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।

यस्तै गठबन्धनमा प्रतिनिधिसभाका साथै प्रदेशसभाको सिट फाँडफाँटबारे पनि छलफल सुरु भएको छ । तर, ठोस सहमति बनेको छैन । अब अर्को बैठक काँग्रेसले समन्वय गरेर बोलाउने पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस