निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिक हुँदै

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १४ : ४८
निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिक हुँदै

काठमाडौं  । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिक हुँदैछ।

यसअन्तर्गत आइतवार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन्।नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचनकार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस