नेपाली राष्ट्रिय क्रिकेट टीमले आइतबार तेस्रो खेलमा प्रतिस्पर्धा गर्दै

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १४ : ३१
नेपाली राष्ट्रिय क्रिकेट टीमले आइतबार तेस्रो खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं  । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले आइतबार तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ।

केन्याविरुद्धको पहिलो खेलमा रवाफिलो जित निकालेर उत्साही बनेको नेपाल दोस्रो खेलमा अप्रत्यासित रूपमा पराजित हुन पुगेको थियो। त्यसैले पाँच खेलको यो टी-२० सिरिजमा नेपाल तेस्रो खेलमा नेपाल स्वाभाविक दबाबमा रहेको छ।तेस्रो खेल नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा नै दिउँसो ३:४५ मा हुनेछ। नेपाल पहिलो खेलमा ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो। नेपाली ब्याट्सम्यानले आफूलाई सुधार गर्नुपर्ने प्रशिक्षक मनोज प्रभाकरले बताउँदै आएका छन्।

आफूभन्दा १६ स्थान तलको टिमसँग वरीयता सुधार्नका लागि केन्या पुगेको नेपाल उल्टो पराजित भएपछि स्वाभाविक रूपमा पुन: एकपटक नेपाली ब्याटिङमाथि प्रश्न उठेको छ।गैरजिम्मेवारी ब्याटिङका कारण नेपालले एकपछि अर्को जित निकाल्ने आशा गरिएका प्रतियोगितामा नेपाली दर्शकलाई निरास बनाउँदै आएको छ।

केन्या भने नेपालविरुद्ध आत्मविश्वासी भएर मैदानमा उत्रने छ। दोस्रो खेलमा रकिब पटेल २५ बलमा ३५ रन बनाउँदै प्लेयर अफ द म्याच घोषित भएका थिए। उनी पुन: सोही प्रदर्शन दोहोर्‍याउन चाहन्छन्। त्यसैले आत्मविश्वासी केन्याविरुद्ध राम्रो लयमा फर्कनु नेपालका लागि अर्को चुनौतीसमेत हो।

 

प्रतिक्रिया दिनुहोस