पुल्चोकको भाटभटेनी अगाडि सडकमा मोटरसाइकल पार्किङ

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १४ : १२
पुल्चोकको भाटभटेनी अगाडि सडकमा मोटरसाइकल पार्किङ

काठमाडौं  । पुलचोकको भाटभटेनी सुपर मार्केटले सार्वजनिक सडकलाई मोटरसाइकल पार्किङका लागि प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा भने मःम स्टल राखेको छ । अन्डर ग्राउन्ड पार्किङ पनि रित्तै राख्ने गरिएको छ ।

यो विषयमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् । ललितपुर महानगरपालिकाले यसबारे चासो देखाएको छैन ।  जस कारण त्यस क्षेत्रमा सडक जाम हुने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस