सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाट हुन्छः शक्ति बस्नेत

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १९ : ३७
सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाट हुन्छः शक्ति बस्नेत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्। उनले अहिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरुलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने बताए।

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या रहेको तर पछि निष्कर्षमा सहमति भएकोले निस्कर्ष निकाल्ने कुरामा बाँडफाँटको कुरा अड्किएको बताए। उनले बाँडफाँटको आधा समस्या सकिसकेको र सिट ठूलो समस्या नभएको बताए।

उनले भने, ‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ। स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या थिए, तर छलफलपछि यसको निष्कर्ष निस्किन्छ। आधा समस्या सकिसकेको छ, यो त्यति ठूलो समस्या होइन। जिल्लाका घोषणापत्रहरु पूरा गरेका छौँ।’

नेता बस्नेतले गत ५ वर्षमा विकास नै नभएको भन्ने कुरा गलत रहेको तर सोचेअनुरुपको विकास नभएको बताए।

प्रतिक्रिया दिनुहोस