काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद भएको बताएका छन् । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले नेपालमा शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्न नसक्दा दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य भइरहेको बताएका हुन्।
‘एक तथ्यांकले हाम्रो देशका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेका रहेछन्। जुन निकै डर लाग्दो तथ्यांक हो। यसरी देशको दक्ष जनशक्ति विदेश पलायन हुने हो भने हामीले कसरी देश बनाउन सकौँला र ?,’ महरले भने।
उनले आफूले विश्लेषण गर्दा लगानी नेपाल जस्तो गरिब मुलुकले गर्ने र फाइदा धनी मुलुकले लिने अवस्था रहेको बताए। ‘त्यसैले अब हामी शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्ने सवालमा गम्भीर हुनुपर्छ। राज्यको पहिलो दायित्व भनेको पनि त्यही नै हो। हामीले दक्ष जनशक्तिलाई देशमै रोक्न सक्यौ भने मात्रै देशले अपेक्षित विकास गर्न सक्छ,’ नेता महर भन्छन्। महरले शिक्षा र स्वास्थ्यलाई राज्यले गुणस्तरीय तथा निःशुल्क बनाउनुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। उनी नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर
विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छः नैनसिंह महर
‘प्रचण्ड’ भेट्न काँग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ?
मधेसमा २० सदस्सीय मन्त्रिमण्डल बनाएकोमा नैनसिंह महरको आपत्ति
सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ : नैनसिंह महर