चितवन । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुरमा एनपिआइ फुटसल कप हुने भएको छ ।
रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सहित विद्यार्थीहरुको माझमा लोकप्रिय बन्दै आएको अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईको आयोजनामा भदौ ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ ।
अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईका संयोजक संगम तामाङले प्रतियोगितामा ४० टिम सहभागि हुने जानकारी दिनुभयो । उहाँका अनुसार चितवन सहित मकवानपुर, नवलपुरका कलेजले सहभागिता जनाउनेछन् ।
क्षेत्रपुरको ब्रोदर्स फुटसल अरिनामा खेल हुनेछ । खेलहरु १० मिनेटको हुनेछन् । प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ भने नेपाल पोलिटेक्निक इन्स्टिच्युटले सहप्रायोजन गरेको छ ।
विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफि, प्रमाणपत्र पाउनेछन् । खेल तालिका मंगलबार साँझ सार्वजनिक गरिने छ ।७ गते दिउसो ४ बजे अखिल (क्रान्तिकारी) जिल्ला समिति र वाइसिएल जिल्ला समितिको मैत्रीपुर्ण खेल आयोजना हुनेछ ।
यो फुटसल प्रतियोगिता अन्तर कलेज स्तरमा हालसम्मकै ठुलो धनराशिको भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेन्ट्रल कलेजबाट युके र युएसएका कलेज युनिभर्सिटीमा सजिलै जान सकिने
सेन्ट्रल कलेजको भोलि १६ औं बार्षिकोत्सब मनाउने
सेन्ट्रल कलेजले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने
सेन्ट्रल कलेजले सय जना विद्यार्थीलाई बिशेष छात्रबृत्ति दिने
सेन्ट्रल कलेजले अझै २ वटा बस सञ्चालन गर्ने
भरतपुरमा वैशाखदेखि मेयर कप फुटबल हुने, मुख्य प्रायोजनमा सेन्ट्रल कलेज