मकवानपुरका दुईवटा उद्योगमा जिल्ला प्रशासनको सिल

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १६ : ४३
मकवानपुरका दुईवटा उद्योगमा जिल्ला प्रशासनको सिल

काठमाडाैँ । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुईवटा उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योगमा सिलबन्दी गरेको हो ।
 
प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको सहायक जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमन टोली खटिएको थियो । 

अनामिका उद्योगले २०७६ सालदेखि खाद्य पदार्थको अनुज्ञापत्र नलिएर गैरकानुनी रूपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालन गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ । भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेका पाइएको हो । दुवै उद्योगविरुद्ध कानूनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस