रचना रिमालले पूरा गरिन् बाबा-ममीलाई पक्की घर बनाएर राख्ने सपना

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १४ : २९
रचना रिमालले पूरा गरिन् बाबा-ममीलाई पक्की घर बनाएर राख्ने सपना

काठमाडाैँ । गायिका रचना रिमालले सांगीतिक क्षेत्रबाटै आफ्नो सपना पूरा गरेकी छन् । उनले बाबा-ममीलाई घर बनाएर राख्ने सपना पूरा गरेकी हुन् ।गायिका रिमालले सांगीतिक क्षेत्रबाटै कमाएर झापाको चन्द्रगढीस्थित कच्ची घर रहेको स्थानमा पक्की घर बनाउन सफल भएकी हुन् । यससँगै सानैदेखि बुवा-आमालाई घर बनाएर राख्ने उनको सपना पूरा भएको उनले सामाजिक सञ्चालमा उल्लेख गरेकी छन् ।

'सानैदेखि बाबा-ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ' उनले भनेकी छन् । 

रचना गायनमा आउनुअघि कच्ची घर रहेको यही स्थानमा चटपटे बेच्थिन् । अहिलेको नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा चल्तीकी गायिकाका रूपमा उनी दरिएकी छन् । उनले साथ सहयोग गर्नेहरूप्रति आफू नतमस्तक रहेको पनि उल्लेख गरेकी छन् ।

उनले भनेकी छन् 'चन्द्रगढी झापामा पुरानो घर भएको ठाँउमा चारकोठे पक्की घर निर्माण कार्य सकिएको छ, बाबा-ममी यही घरमा बस्दै हुनुहुन्छ । माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु ।'

प्रतिक्रिया दिनुहोस