जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, २० : ५२
जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौँ । न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले आवेदन दिएका २०२ जनामध्ये सर्ट लिष्टमा परेकाहरुबाट २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो।

न्याय परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका थिए। परिषदका सिफारिसका आधारमा अब प्रधानन्यायाधीशले उनीहरुलाई नियुक्त गर्नेछन्। सिफारिसको पहिलो सूचीमा महान्यायाधीवक्ता कार्यालयका उपन्यायाधीवक्ता टेकबहादुर कार्की परेका छन्।

खुला र बाह्य प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेको पदमा परिषदले न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरू मध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको आधारमा न्यायाधीश नियुक्त गर्न लागिएको हो।

नेपालको संविधानको धारा १४९ (२) ले जिल्ला न्यायाधीशको पदपूर्ति तीन तरिकाले हुने व्यवस्था गरेको छ। पहिलो रिक्त मध्ये २० प्रतिशत पदमा न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमता आधारमा।

दोस्रो रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा नियुक्त हुने व्यवस्था छ।

तेस्रो बाँकी चालीस प्रतिशत पदमा स्नातक उपाधि प्राप्त गरेर निरन्तर आठ वर्ष वकालत गरेकाका कानुन व्यवसायीमध्येबाट प्रतिस्पर्धाका आधारमा नियुक्त हुने संवैधानिक व्यवस्था छ।

दोस्रो र तेस्रो प्रक्रियाबाट पदपूर्ति हुन नसकी रिक्त रहेका पदमा पहिलो प्रावधान अर्थात् जेष्ठता, कार्यसम्पादन र कार्यक्षमताका आधारबाट पदपूर्ति हुने व्यवस्था न्याय परिषद नियमावली २०७४ ले गरेको छ।

त्यही प्रावधानअनुसार परिषद्ले जिल्ला न्यायाधीश नियुक्तका लागि सिफारिस गरेको हो।

यी हुन् जिल्ला न्यायाधीशमा सिफारिस भएकाहरु

प्रतिक्रिया दिनुहोस