चितवन । ठेकेदार हिरोज कन्स्ट्रक्सनले ठेक्कामा लिएको भरतपुर विमानस्थलको ब्यवसायीक भवनको पैसा नतिरेपछि ब्यवसायी र नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर बिच द्धन्द्ध बढेको छ ।
९८८.२८ वर्गमिटर क्षेत्रफल रहेको सो भवनको ५ सय वर्गमिटर क्षेत्र व्यवसायीको कब्जामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख परवेज आलम सिद्दिकीले बताए । हिरोज कन्स्ट्रक्सनले विमानस्थल संगको सम्झौता उलंघन गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थलले ठेक्का रद्द गरेको थियो ।
ठेकेदार मार्फत त्यहाँ बसेका व्यापारीलाई विमानस्थलले ठेक्का रद्ध भएको जानकारी गराएर पटक पटक हट्न पत्राचार गरेपनि उनिहरुले नहटी कब्जा गरेर बसेको सिद्दिकीले बताए । कुल ४४ वटा व्यावसायिक सटर रहेको यस भवन प्रयोगका लागि हिरोजले २०७६ साउन १३ गते प्राधिकरणसँग ३ वर्षका लागी ६ करोडमा सम्झौता गरेको थियो । सम्झौताको उल्लङ्घन भएको भनी ०७८ चैत ६ गते ठेक्का प्राधिकरणले रद्द गरेको छ । ठेकेदारको १ करोड ९० लाख बैक ग्यारेन्टी जफत गरेर पनि २ करोड ८ लाख रकम प्राधिकरणलाई तिर्न बाँकी रहेको नागरिक उड्डयन कार्यालय भरतपुरका प्रमुख परवेज सिद्दिकीले बताए ।
अहिले यो भवनमा व्यापारीले ब्यापार गरिरहेका छन् । उड्डयन कार्यालयले भवन खाली गर्न पटकपटक अनुरोध गरे पनि व्यापारीहरुले निर्धक्क व्यापार गरिरहेका हुन् । भवन खाली गराउनका लागि प्रहरी प्रशासनसँग आग्रह गर्दा पनि कार्यान्वयन नभएको सिद्दिकी बताउँछन् ।
सो भवनमा ब्यवसाय गरेका ब्यवसायीले भने आफुहरुले ठेकेदारलाई तिर्दै आएको रकम ठेकेदार संग बिमान स्थलको सम्झौता रद्धं भएसंगै विमानस्थललाई तिर्दै आएको बताए ।
विमानस्थल ब्यवसायी समितिका अध्यक्ष ईश्वर राज पौडेलले यहाँका ४,५ ब्यवसायी बाहेक अरु सबै ब्यवसायीले बिमान स्थल संग भएको सम्झौता अनुरुपनै विमानस्थललाई भाडा तिरेको जानकारी दिए । आफुहरुलाई बिना कारण आरोप लगाएर दुख दिन खोजिएको उनको तर्क छ । अहिले त्यस भवनमा अधिकांश फलफूल व्यवसायी रहेका छन् भने केही सटरमा होटल सञ्चालन भएका छन् । होटल ब्यवसायीले सम्झौता बिपरित थप केही टहरा बनाएका छन् ।
विमानस्थलले भवन पुन भाडामा दिनका लागी ठेक्का आवहान समेत गरेको छ । पहिलो चरणमा निवेदन नपरेपछि पुन टेन्डर आवहान गरेको छ । व्यापारिक भवन नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ बमोजिम ठेक्का प्रक्रियाबाट बहालमा लगाउनु पर्ने भएकाले पुन सूचना जारी गरिएको उनी बताउँछन् । पहिलोपटक एउटा पनि निवेदन नपरेपछि पुनः ठेक्का आह्वान गरिएको प्रमुख सिद्दिकीले बताए । ठेक्का अवधि ५ वर्षको हुनेछ । उक्त ५ वर्ष अवधिको न्यूनतम ठेक्का अङ्क दस करोड कायम गरिएको छ । बोलपत्रबापतको धरौटी रकम ५० लाख तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
सोमबार, ३० साउन २०७९, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार अर्ब ५० करोडभन्दा बढी लगानीमा भरतपुर विमानस्थल विस्तार गरिदैँ
श्री एयरलाइन्सले गर्यो भरतपुर विमानस्थलमा परीक्षण उडान