काठमाडौं । प्रभु बैंक र ग्रीन लाइफ हेल्थ केयर प्रा .लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र ग्रीन लाइफ हेल्थ केयरका तर्फबाट प्रमुख प्रशासनिक अधिकृत डा. सरिता ढकालद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।
प्रभु बैंक र उक्त प्रा .लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले ग्रीन लाइफ हेल्थ केयर प्रा .लि.द्धारा सञ्चालित सेवामा, (चिकित्सक परामर्श शूल्क) बाहेक अन्य सेवा शूल्कमा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । साथै फार्मेसी सेवा शूल्कमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौता अन्तर्गत ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, ग्रीन लाइफ हेल्थ केयरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था छ ।
!
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट
प्रभु बैंक र बुद्ध एयरबिच छुट सम्झौता
प्युठान को बिजुवारमा प्रभु बैंक को ३१५ औं शाखा सञ्चालनमा
प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुटसम्बन्धी सम्झौता
प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने
फार्म हाउस होटल र प्रभु बैंकबिच छुट सम्झौता