काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन दबाब दिएका छन् । केही दिनयता कोइराला समूहले आन्तरिक भेला समेत गर्दै आएकामा आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर आन्तरिक शक्ति सन्तुलन मिलाउन दवाव दिएका हुन् ।
कोइराला आइतबार दिउँसो देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । गत महाधिवेशनदेखि नै देउवाको पेलानमा रहेको शेखर कोइराला समूह काँग्रेसभित्रका कमिटीमा बलियो अवस्थामा छैन । त्यही कमजोरपन तथा कोइरालाले आफूले ६०–४० को भागबण्डा नमान्ने घोषणा गरेपछि देउवाले एकपक्षीय रुपमा पार्टीमा निर्णय गर्दै आएको नेताहरु बताउँछन् । विगतमा काँग्रेसभित्र ६०–४० को आन्तरिक भागबण्डा हुँदै आएको थियो ।
अहिले देउवाले एक पछि अर्को गर्दै मनोनयन गर्दै जाँदा कोइराला समूहलाई नसमेटिएपछि शनिबारको भेलामा सो समूहका युवा नेताहरुले ६०–४० को भागबण्डा खोज्ने बेला आएको बताएका थिए । पार्टीभित्र अस्तित्व रक्षाका लागि संघर्ष गर्ने निष्कर्ष पनि युवा नेताहरूले निकालेका थिए।
शनिवारको भेलाको संयोजन नेता जगदीश्वर नरसिंह केसीले गरेका थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरेसहित युवा नेताहरू मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै