रंगमतीको प्रश्‍न - हुम्ली जनताले बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य हो ?

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : १९
रंगमतीको प्रश्‍न - हुम्ली जनताले बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य हो ?

काठमाडौं  नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोरअन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भए पनि हालसम्म बन्न नसकेको बताइन ।

उनले सरकारको निकायहरुले एकले अर्कोलाई काम लगाएर पन्छिने गरेको बताइन् । सांसद शाहीले जुम्लाका जनताले एम्बुलेन्स चढ्न नपाउन् र बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारले उद्देश्य राखेको जिकिर गरे । ‘गाडी चढेर मेरो उपचार काठमाडौंका राम्रा अस्पतालमा उपचार होस् भन्नका लागि आज हुम्ली जनतामाथि, हुम्लाको विकास निर्माणका लागि आज हरेक नियम, कानुन लगाइन्छ । मन्त्रीले सचिवलाई, सचिवले डिजीलाई, डिजीले आयोजना प्रमुखलाई अह्राउनुहुन्छ । आयोजना प्रमुखले पुच्छर हल्लाउँदै बसेका छन् । हुम्ली जनताले अझैपनि बाँदर हिँड्ने बाटोमै हिँडुन् भन्ने सरकारको उद्देश्य त्यही हो’ उनले भने ।

उनले हुम्लामा हालसम्म सडक सञ्जाल नजोडिएको, आंगिक क्याम्पस नभएको, विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको र सञ्चारको पहुँच नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस