काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले जापान सरकारबाट प्राप्त हुने ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ।पूर्वी तराईको सिचाई प्रणाली पुनर्स्थापना आयोजनाका लागि जाापनी येन २२५६ मिलियन २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १३ : ४१
लेखकबाट थप