चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई गठबन्धन गर्नै पर्ने बाध्यता रहेकोले गठबन्धन गरेरै अगाडि बढ्ने निर्णय भएको बताएका छन् । उनले हालसम्म गठबन्धनको लागि सिट संख्याको टुङ्गो लागिनसकेको बताए ।
आइतबार भरतपुर विमानस्थलमा भएको पत्रकार भेटघाटमा नेता पौडेलले भने, ‘हामीलाई गठबन्धन गर्नैपर्ने कारण डर र कर दुइटै हो।’ पाँच दलीय गठबन्धनमा कांग्रेसले एकसय सिट राखेर अन्य दललाई बाँकी सिट छाड्ने विषय बाहिर आइरहँदा त्यस्तो केही निर्णय नभएको नेता पौडेलले प्रस्ट पारे।
सिट कसरी बाँड्ने, कुन निर्वाचन क्षेत्रबाट कस्ले उमेदवारी दिनेजस्ता विषयमा भने दल र पार्टी पंक्तिभित्र छलफल भइनसकेको उनले बताए। ‘उमेदवार बन्न चाहनेहरूले आफ्नो इच्छा देखाए पनि पार्टीले कस्लाई टिकट दिने भन्ने विषय टुङ्गो लाग्छ बाँकी नै छ,’ उनले भने।
नेता पौडेलले दलभित्र पनि असन्तुष्ट पक्ष रहेको हुँदा उनीहरूलाई समेत सम्मानजनक ढङ्गले समेटेर अघि बढ्नुपर्ने बताए। गत स्थानीय तह निर्वाचनमा दलको निर्णयविपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेर पार्टीभित्र गुट–उपगुट देखाउन नहुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै