जनकपुरधाम। प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। प्रदेश सरकारको पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री साहले आन्दोलनको घोषणा गरेका हुन्।उनले एक साताअगाडि प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराए पनि सरकारले प्रहरी समायोजनमा चासो नलिएको बताए।
आन्दोलनको पहिलो चरण अन्तर्गत भोलिदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा प्रदेश सरकारका म्रन्त्रीहरू र सांसदहरूले धर्ना दिने उनले बताए।
एक हप्तामा समेत संघ सरकारले प्रहरी समायोजन नगरे दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिने
चौतर्फी आलोचनापछि मधेस सरकारले ८ राज्यमन्त्रीलाई हटायो
मधेस सरकारको कामको समीक्षा गर्दै सकियो जनमत सचिवालय बैठक
जनमतको प्राथमिकतामा मधेस सरकार
कांग्रेसले मधेस सरकारमा पठाउन ४ मन्त्रीको नाम टुंगो लगायो