चौतर्फी आलोचनापछि मधेस सरकारले ८ राज्यमन्त्रीलाई हटायो

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०८१, ११ : ४८
चौतर्फी आलोचनापछि मधेस सरकारले ८ राज्यमन्त्रीलाई हटायो

काठमाडौं। चौतर्फी आलोचना भएपछि मधेश प्रदेश सरकारका ८ राज्यमन्त्रीहरू हटाइएका छन् । मुख्यमन्त्री सतीशकुमार सिंहले ८ राज्यमन्त्री हटाउन मंगलबार प्रदेश प्रमुखको कार्यालयलाई पत्र लेखेका हुन् ।

प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीका निजी सचिव लुम्बनाथ पोखरेलले प्रदेश सरकारबाट ८ राज्यमन्त्रीलाई हटाउने पत्र प्राप्त भएको जानकारी दिए ।बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका एक राज्यमन्त्री छन् ।

 

 

सरकारको नेतृत्व गरेको जनमतले भने कांग्रेस र एमालेको दबाबमा धेरै राज्यमन्त्री बनाउनुपरेको दाबी गर्दै आएको छ ।१२ मन्त्री र ८ राज्यमन्त्री बनाएपछि मुख्यमन्त्रीको आलोचना भएको थियो ।

 

यी हुन् हटाइएका राज्यमन्त्री

२५ जेठमा मुख्यमन्त्री भएका सिंहले शुरूमा शारदा देवी थापा, केशव राय र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री बनाएका थिए । २२ साउनमा शम्भु साह, रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव र मोहम्मद जैद आलम राज्यमन्त्री भएका थिए । उनीहरूलाई आज बर्खास्त गरिएको हो । 

प्रतिक्रिया दिनुहोस