एजेन्सी । नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ । अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।
आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए । आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २७ साउन २०७९, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु
नाइजेरियामा बिद्यालय भवन भत्किँदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गयो
नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते
नाइजेरियामा भएको विस्फोटमा १८ जनाको मृत्यु
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ४० जनाको मृत्यु