धनुषा । गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् । जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् ।
थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतदाता नामावली बन्द गरिएको थियो । त्यसपछि गत १ असारदेखि पुन नयाँ मतदाता नामावली संकलन गरिएको थियो ।
अहिले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएपछि पुनः मतदाताको नामावली संकलन कार्य बन्द भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ , जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।
जिल्लामा १२ हजार १७ मतदाता सख्या थपिए पनि कुल मतदाताको संख्या आयोगले रुजु गरेपछि मात्रै एकिन हुने अधिकारी राउतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारीका कर्मचारीबाट लुटियो ८० लाख
धनुषाको औरही गाउँपालिकामा झडप