प्रहरीमाथि नै आक्रमण प्रयासपछि हवाई फायर

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०८१, १५ : २३
प्रहरीमाथि नै आक्रमण प्रयासपछि हवाई फायर

जनकपुरधाम । धनुषामा प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो ।

प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस