धनुषामा चोक नामकरण विवाद- प्रहरीले गोली चलायो, तीनजना घाइते

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०८१, १५ : ५३
धनुषामा चोक नामकरण विवाद- प्रहरीले गोली चलायो, तीनजना घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-९ भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।झडपमा अन्य दुईजना घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । अहिले पनि अवस्था तनावपूर्ण रहेको स्थानीय शम्भु पण्डितले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस