हरिणको आक्रमणमा परी ८० वर्षिया वृद्धाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, ०९ : ४७
हरिणको आक्रमणमा परी ८० वर्षिया वृद्धाको मृत्यु

काठमाडौँ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका(८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

सोमबार साँझ घर नजिकैको जङ्गलमा आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस