काठमाडौँ। चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ। आयोगले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो।
यो वर्ष २६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको र यो संख्या गत वर्षभन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ। चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरुको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताए।
उनले स्तरीकृति गरिएका मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्चालन गर्ने संस्थाहरुको सिट निर्धारण गर्ने पद्धतिको विकास भएको बताए। उनले नेपालमा एमबीबीएस २१ वटा संस्थामा पढाइने गरेको र १ हजार ८९५ विद्यार्थीले यो वर्ष पढ्न पाउने बताए।
उनले यो वर्ष स्नातक तहमा २ हजार २३२ जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध रहेको उनले जानकारी दिए। सदस्य सचिव काफ्लेले एमबीबीएसमा मात्रै ४३० जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराएको बताए। वदेशी विद्यार्थीलाई नेपालमा करिब १३ सय सिट दिने गरेको उल्लेख गर्दै एमबीबीएसमा मात्रै ५५७ जनाले अध्ययन गर्न पाउने काफ्लेले जानकारी दिए।
कार्यक्रममा चिकित्सा शिक्षा आायोगअन्तर्गतको योजना, समन्वय तथा प्रज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले देशमा नर्सिङ पेशालाई व्यवस्थित बनाउन नसक्दा नर्स पढेर बेरोजगार बन्ने मात्रै काम भइरहेको बताए। उनले नर्सिङ अध्ययन गर्नेले जागिर नपाएको भन्दै यसलाई सरकारले थप चासोका साथ लिनुपर्ने बताए।
१० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाइएको उनको भनाइ छ। बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने बताए। नर्सिङ जनशक्ति आवश्यक भए पनि गुणस्तर र सय शैयाको आफ्नै स्वामित्वको अस्पताल नभएको संस्थालाई नर्सिङ कार्यक्रम चलाउन नमिल्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
त्यस्तै चिकित्सा शिक्षा आायेगअन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा.डा. दिलिप शर्माले २०७९ सालमा हलसम्म एमबीबीएस अध्ययन गर्नका लागि १८८ जना नेपाली विद्यार्थी विदेश गएको बताए।
त्यस्तै बिएसी नर्सिङमा २९, एलाइट साइन्समा ६६ जना र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएर विदेश अध्ययनका लागि गएको बताए। निर्देशक शर्माले आधिकारिक रुपमा अनुमति लिएर विदेशिने ठूलो विद्यार्थीको संख्यालाई आयोगले कम गर्न सफल भएको दाबी गरे। अझै पनि एजेन्टको माध्यमबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या पनि ठूलो रहेको उनको भनाइ छ।
निर्देशक शर्माले ६५ वटा चिकित्सा शिक्षासम्बन्धी अध्ययन, अध्यापन गराउने क्याम्पसमा स्तरोन्नती गरी सिट निर्धारण गर्ने सम्बन्धमा आयोगले चाँडै कतिवटा शैक्षिक संस्थालाई अनुगमन गरेर अध्ययनका लागि योग्य छन् भन्ने निर्णय गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रियाः अन्तरवार्तामा बोलाइयो
दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक