मेची राजमार्गको मर्मत सम्भार नहुँदा राजमार्ग कच्ची सडक

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १४ : ४२
मेची राजमार्गको मर्मत सम्भार नहुँदा राजमार्ग कच्ची सडक

काठमाडौं । मेची राजमार्गको मर्मत सम्भार नहुँदा राजमार्ग कच्ची सडक झै बनेको छ ।

राजमार्गको दुरा अवस्थाले सर्वसाधारणलाई दैनिक आवतजावत गर्न मुस्किल हुने गरेको छ । सडकमा सानोतिनो समस्या आउँदा पनि स्थानीय र प्रदेश सरकारले नहेर्ने र केन्द्र सरकारकै मुख ताक्ने प्रवृत्तिले पनि राजमार्गको अवस्थामा सुधार हुन नसकेको देखिन्छ । त्यसैले यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी रहेकाे छ ।

इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मका बासीन्दाको जनजीवनसँग प्रत्यक्षरूपमा गाँसिएको मेची राजमार्गको इलाम खण्ड जीर्ण बनेको छ । राजमार्गका विभिन्न स्थानमा सडक धसिएको छ भने कालोपत्र उक्किएर खाल्डाखुल्डी पर्दा सवारी गुडाउ नै समस्या पर्ने गरेको छ । त्यसमाथि नेपाल टेलिकमले अप्टिकल फाइभर बिछ्याउने क्रममा ठाउँ–ठाउँमा कालोपत्रे भत्काएर पुनः नबनाउँदा सवारी चलाउनै कष्टकर भएको यातायत ब्यवसायीको गुनासो छ ।

अझ यता इलाम नगरपालिकाको माइखोला खण्डमा करिब ६ करोड रुपैयाँको लागतमा एङ्करिङ प्रविधि मार्फत सडक निर्माण गरिए पनि प्रभावकारी बन्न सकेको छैन् । यो सडकखण्ड भासिने क्रमजारी छ भने भित्तातर्फको पर्खाल लच्किएर दुर्घटना हुने अवस्थामा पुगेको छ । तर उता सडक डिभिजन कार्यलयले भने मेची राजमार्गको मर्मतका लागि ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या आएको बताउने गरेको छ ।

हरेक वर्ष राज्यको करौडाैं रुपैयाँ खर्चेर सडक मर्मतको काम हुने गरेको भएपनि राजमार्गको अवस्था सुधार भन्दा पनि दयनीय बन्दै गएको छ । सडकमा सानोतिनो समस्या आउँदा पनि स्थानीय र प्रदेश सरकारले नहेर्ने र केन्द्र सरकारकै मुख ताक्ने प्रवृत्तिले पनि राजमार्गको अवस्थामा सुधार हुन नसकेको देखिन्छ । त्यसैले यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस