जसपाका नेता पाण्डेयले गरे निशान छापको दुरुपयोग

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १३ : ५३
जसपाका नेता पाण्डेयले गरे निशान छापको दुरुपयोग

काठमाडौं । निशान भन्नाले चिन्ह भन्ने बुझिन्छ । निशान छाप भन्नाले कुनै वस्तुको पहिचानको लागि चिनोको रूपमा लगाइने छाप भन्ने बुझिन्छ । अर्थात् यसलाई परिचयात्मक चिन्ह भन्ने बुझिन्छ । 

यसलाई नेपाल सरकार, व्यवस्थापिका र न्यायपालिका तथा तिनको मातहतका निकायहरूले मात्र आफूले पत्राचार गर्दा विशेष कागजको शीर्ष भागमा ठूलो आकारमा आफ्नो नाम उल्लेख गर्नुका साथै सो उल्लेखित नामको बायाँ किनारमा आफ्नो प्रतीक चिन्हको रूपमा निशान छाप अंकित गर्न सक्दछन् । यस चिन्हलाई कुनै व्यक्ति विशेषले भने प्रयोग गर्न सक्दैनन् । 

तर, महोत्तरीको पिपरा गाउँपालिकाका जनता समाजवादी पार्टी (जसपा) युवा नेता राहुल पाण्डेयले भने राष्ट्रको निशान छापको दुरुपयोग गरेको देखिएको छ । पाण्डेयले आज आफ्नो फेसबुकमा आफ्नो तस्विरसहित श्रावण महिनाको चौथो सोमबारी पर्वको शुभकामना व्यक्त गर्दा राष्ट्रको निशान छापको प्रयोग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस