न्यायाधीशका लागि २ सय ७७ जनाले दिए

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १३ : ४८
न्यायाधीशका लागि २ सय ७७ जनाले दिए

काठमाडौं । उच्च अदालतकाे न्यायाधीशका लागि २७७ जनाले आवेदन दिएका छन्।

न्याय परिषद्‌ले २७ पदसंख्याका लागि साउन ११ गते दरखास्त आह्वान गरेकाे थियाे। साेही आह्वानअनुसार इच्छुक २ सय ७७ जनाले आवेदन दिएका हुन्।परिषदका अनुसार कानुनव्यवसायीमा १ सय ६१, जिल्ला न्यायाधीमा ७५, न्याय समूहका कर्मचारीमा १३, सरकारी वकिल समूहका कर्मचारीमा ९,  कानुन समूहका कर्मचारीमा ८ र अन्यमा ११ जनाले आवेदन दिएका छन्।

प्रतिक्रिया दिनुहोस