सनराइज फर्निचरको तेस्रो शोरुम नयाँ बानेश्वरमा सञ्चालनमा

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १३ : ४१
सनराइज फर्निचरको तेस्रो शोरुम नयाँ बानेश्वरमा सञ्चालनमा

काठमाडौं ।  सनराइज फर्निचरको तेस्रो शोरुम नयाँ बानेश्वरमा सञ्चालनमा आएको छ। शोरुमको शनिबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन भयो। शोरुमका सञ्चालक सुमन बस्नेतका आमा विष्णुमाया बस्नेत र चिनियाँ लगानीकर्ता वाङ जुजुङ्गले उद्घाटन गरेका हुन्।

सनराइज फर्निचर स्वदेशी ब्राण्ड हो। नेपाली र चिनियाँ व्यवसायीहरुको संयुक्त लगानीमा सनराइज फर्निचरको फ्याक्ट्री १४ वर्ष अगाडि स्थापना भएको थियो। यस अगाडि ढल्कु र जडिबुटीमा २ वटा शोरुमसमेत स्थापना भएर सेवा प्रदान भइरहेको छ।

कम्पनीले आकर्षक शोरुमसहित नयाँ बानेश्वरमा तेस्रो शाखा स्थापना गरेको हो। चार वटा तलामा विविध प्रकारका फर्निचर सामग्री सजाइएको छ। ग्राहकले आफ्नो रोजाई अनुसारको फर्निचरहरु शोरुमबाट अर्डर गर्न सक्ने सञ्चालक सुमन बस्नेत बताउँछन्। 

नेपालमा काठको फर्निचरमा ‘नम्बर वान’ बन्ने लक्ष्यसहित कम्पनीले सेवा प्रदान गरिरहेको बस्नेतले बताए। यसैबीच, शोरुम उद्घाटनको अवसरमा कम्पनीले ३ दिनसम्म विशेष छुट अफर ल्याएको छ। अफर अन्तर्गत ३० प्रतिशतसम्म छुट प्रदान हुने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस