नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बालुवाटारमा सुरु

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, ११ : ३९
नेपाली  कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बालुवाटारमा  सुरु

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बालुवाटारमा  सुरु भएकाे छ।प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठक केही ढिलागरी सुरु भएकाे हाे।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन्।

सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ।सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ।

बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरु समेत सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस