पर्यटनमन्त्री श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागी

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, ११ : ०५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागी भएका छन्। उनले काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गरे।नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ। 

गुँला पर्व बुद्ध धर्मवालम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताए। 

काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्त्व रहेको उनको भनाइ छ। 'गुँला' महिनाभर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ। 

यस पर्वमा अघिअघि बाजा र संगीत, पछि पछि भक्तजनहरू रहने गर्दछन्। यस पर्वले विभिन्न बाजा लगायत संस्कृतिको संरक्षणमा टेवा पुर्यारएको चर्चा गर्दै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए। 

प्रतिक्रिया दिनुहोस