पाँचौँ टी-२० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, ११ : ०२
पाँचौँ टी-२० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित

काठमाडौं । भारतले पाँचौँ टी-२० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ।पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो। पाँचौ खेलमा निकालेको जितपछि भारतले शृंखला ४-१ ले जित्यो।

भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.४ ओभरमा मात्र एक सय रनमा अलआउट भयो। वेस्ट इन्डिजका लागि सिमरोन हेटमायरले ३५ बलमा पाँच चौका र चार छक्का मद्दतमा ५६ रन जोडे। अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनको योगफल तयार पारेको थियो।भारतका लागि श्रेयष एैयरले ४० बलमा आठ चौका र दुई छक्काकाे मद्दतमा ६४ र दिपक होड्डाले ३८ रन जोडे।

वेस्ट इन्डिजका ओडिन स्मिथले तीन तथा डोमिनिक डार्क, जेसन होल्डर र हेडेन वाल्सले समान एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस