पुस १७ देखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १० : ५४
पुस १७ देखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबारको बैठकले सो निर्णय गरेको हो । विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ । करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ भने ल्यान्डफिल साइटको काम बाँकी छ । 

त्यस्तै, विमानस्थल रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानका लागि हाल रुख कटानको काम भइरहेको प्राधिकरणले जनाएको छ । ६ सय रुखमध्ये ४ सय बढी रुख कटान भइसकेको र डाँडा कटान थाल्नेसमेत तयारी छ ।  

विमानस्थलको रनवेबाट पूर्वपट्टी करिब दुई किलोमिटरको दूरीमा रहेको सो डाँडा करिब ४० मिटर काट्नुपर्नेछ ।  

प्रतिक्रिया दिनुहोस