सर्वोच्चका कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १६ : ३६
सर्वोच्चका कामु प्रधानन्यायाधीश कार्कीलाई कोरोना संक्रमण

काठमाडौं  । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अदालतका प्रवक्ता विमल पौडेलका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै कामु प्रधानन्यायाधीश कार्की होम आइसोलेसनमा बसेका छन् ।  उनी शुक्रबारसम्म अदालतमा उपस्थित थिए । 

कार्कीलाई कोरोना संक्रमण भएपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस