विराटनगरबाट २ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १५ : २५
विराटनगरबाट २ जना पक्राउ

काठमाडौं  ।  मोरङको  विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ।आज बिहान साढे १० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको  को ३४ प २६३ नम्बरको मोटरसाईकल  चेक जाँच गरेको थियो।

सोही क्रममा मोटरसाईकलमा सवार मोरङ विराटनगर–१२ बस्ने  २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने ३१ वर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस