सरकारलाई प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको समयबारे प्रश्न: सांसद रावल

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १४ : ४३
सरकारलाई प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको समयबारे प्रश्न: सांसद रावल

काठमाडौं  । नेकपा एमालेका नेता डा भीम रावलले सरकारलाई प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको समयबारे प्रश्न गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावले महाअभियोग लगाइएको पाँच महिनापछि मात्रै छलफल सुरु गरिएको भन्दै सरकारको आलोचना गरेका छन्। 

उनले प्रश्न गरे, ‘स्वतन्त्र न्यायपालिका प्रमुखमाथि लगाइएको महाअभियोग प्रस्तावको समय कति भयो? हामी कस्तो खालको राजनीतिक प्रक्रियामा जाँदैछौं। कुन चरणमा छौं?’

उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने समय नै नभएको बताए। ‘यस्तो संवेदनशील अवस्थामा समयमै त्यसलाई निराकरण गर्नुपर्छ। उक्त घटनासँग सम्बन्धी छानबिन समितिसमेत बनेको छ। उक्त समितिले के गर्दैछ? व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा केही समय यता विकृतिका अनेक थुप्रा लाग्ने गरेको देखेका छौं यो देशका लागि राम्रो होइन’, उनले भने। 

प्रतिक्रिया दिनुहोस