एट्लेटिको र युभेन्ट्सबीचको मैत्रीपूर्ण खेल स्थगित

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १४ : ३२
एट्लेटिको र युभेन्ट्सबीचको मैत्रीपूर्ण खेल स्थगित

काठमाडौं  । स्पेनिस क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब युभेन्ट्सबिचको प्रि–सिजन मैत्रीपूर्ण खेल रद्द गरिएको छ ।  इजरायलमा हुने तय भएको मैत्रीपूर्ण खेल सुरक्षा चिन्ताका कारण रद्द गरिएको दुई टोलीले शनिबार घोषणा गरेका हुन्।

यी दुई टोलीबिचको मैत्रीपूर्ण खेल आज राति तेल अभिभको ब्लुमफिल्ड स्टेडियममा हुने तय थियो । तर, गाजा क्षेत्रमा चर्किएको द्वन्द्वका कारण दुवै टोलीले सुरक्षामा खतरा रहेको महसुस गर्दै खेल स्थगित गरिएको जनाएका छन्।

इजरायलले शनिबार गाजामा हवाई हमला गरेसँगै प्यालेस्टाइनी लडाकु समूहले रकेट फायरको ब्यारेजको साथ बदला लिएको छ। यस क्षेत्रमा गत वर्षयता सबैभन्दा खराब रूपमा हिंसाजन्य गतिविधिहरु हुँदै आएका छन्।

युभेन्टसले अगस्ट १५ मा सासुओलोसँगको खेलबाट नयाँ सिरी ‘ए को थालनी गर्नेछ। यस्तै,एट्लेटिकोले सोही दिन गेटाफेसँग खेल्दै नयाँ सिजनको ला लिगा यात्रा सुरुवात गर्नेछ। 

प्रतिक्रिया दिनुहोस