न्युनतम असंवैधानिक आचरण, नैतिकता र क्षमता समेत नदेखिएकाले यो छलफल जरुरी / छिनोफानो गर्न माग : चाँदतारा कुमारी

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १४ : २३
न्युनतम असंवैधानिक आचरण, नैतिकता र क्षमता समेत नदेखिएकाले यो छलफल जरुरी  / छिनोफानो गर्न माग : चाँदतारा कुमारी

काठमाडौं  । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल जारी छ। माओवादी केन्द्रकी सांसद चाँदतारा कुमारीले प्रस्तावमाथि छलफल एकदमै महत्त्वपूर्ण भएको र छलफल हुनु पर्ने बताइन्।

'नेपालको संविधानले स्वतन्त्र, सक्षम र जिम्मेवार न्यायपालिकाको परिकल्पना गरेको छ। अहिले न्यायपालिकामा पनि भ्रष्टचार, विकृति र विसंगति बढेको कुरा स्वयं न्यायपालिकाले नै स्वीकार गरेको छ। यसको एउटा उदाहरण पदासिन प्रधानन्यायाधीश भएको देखिएको छ। आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले संवैधानिक जिम्मेवारी दुरुपयोग गरेका छन्', महाभियोग प्रस्तावमाथि बोल्दै उनले भनिन्।

उनले विकृति र विसंगति हटाउन न्याय क्षेत्रको नेपाल बार तथा नेपालको सिंगो न्याय क्षेत्र आन्दोलन गर्न बाध्य भएको स्मरण गराइन्। राणाले संवैधानिक परिषद्को सदस्यको हैसियतले आफू संलग्न भई संवैधानिक नियुक्ति गरी त्यसको विपरित परेका रिट निवेदनको एक वर्ष हुँदासम्म पनि प्रारम्भिक सुनुवाइ समेत नगरेको, सशस्त्र प्रहरी अधिकृत रञ्जन कोइरालालाई श्रीमती हत्याको विषयमा कैद सजाय घटाइदिएको उनले बताइन्।

'न्यायपालिकाको स्वतन्त्रता, शुद्धता, निष्पक्षता र गरिमामा गम्भीर रुपले कुठाराघात हुने गरी मन्त्रिपरिषद्‌मा भाग खोज्ने इत्यादि थुप्रै असंवैधानिक कार्य गरेका थिए', उनले भनिन्, 'उहाँले विचौलिया आफ्नै मान्छे राखेर पनि थुप्रै कुराहरु गलत कुराहरु गरेका थिए। त्यसको प्रमाण समेत आइसकेको छ। यसर्थ न्युनतम असंवैधानिक आचरण, नैतिकता र क्षमता समेत नदेखिएकाले यो छलफल जरुरी देखिन्छ। छिट्टै छिनोफानो गर्न माग गर्दछु।'

प्रतिक्रिया दिनुहोस