प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव छलफलमा नल्याएको भन्दै आपत्ति : सांसद अधिकारी

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १४ : १६
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव छलफलमा नल्याएको भन्दै आपत्ति : सांसद अधिकारी

काठमाडौं  । नेकपा एमालेका सांसद   खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव छलफलमा नल्याएको भन्दै आपत्ति जनाएका छ्न्। आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद् अधिकारीले प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगको प्रस्तावमा सभामुखको समयमै ध्यानाकर्षण हुन नसकेको उनले बताए। 

उनले भने, 'अहिले हामी कहाँ छौं? अहिलेको समयले महाअभियोगका लागि अनुमति दिन्छ कि दिँदैन?'प्रधानन्यायाधीश माथिको महाअभियोग कुनै अभिष्ट पूरा गर्नका लागि अघि बढाएको त होइन भन्ने आशंका उनले व्यक्त गरे। यसले गम्भीर प्रश्न खडा गरेको बताउँदै उनले अपरिपक्कता संसदले व्यहोर्नु पर्ने बताए। 

उनले संसदले आफ्नो समयसीमा भित्रै रहेर निरुपण गर्ने आँट राख्ने बताए । 'प्रतिनिधि सभाले त्यो आँट राख्थ्यो। तर, आज हामीले अहिले आएर छलफल गर्ने, रित पुर्‍याए काम गरेँ भन्नु हाम्रो अयोग्यताको पराकाष्टा हो' उनले भने।

प्रतिक्रिया दिनुहोस