प्रतिनिधि सभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल सुरु

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १३ : २५
प्रतिनिधि सभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल सुरु

काठमाडौं  ।प्रतिनिधि सभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ। आइतबारको बैठकमा छलफल सुरु भएको हो। छलफलमा सहभागीहरुलाई तीन मिनेटको समय दिइएको छ।

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। महाभियोग प्रस्तावमा २१ बुँदा उल्लेख गरिएका छन्। जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।

प्रतिनिधि सभाको फागुन २२ गतेको बैठकबाट 'महाभियोग सिफारिस समिति' गठन गरेको थियो। प्रतिनिधिसभाको त्यस दिनको बैठकमा महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरिएको थियो।समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन्। त्यस्तै, कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट छन्। माओवादी यसोदा सुवेदी र रेखा शर्मा छन्। नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ  र जसपाबाट प्रमोद साह छन्।

तर, लामो समयसम्म प्रस्तावमाथि छलफल नगरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा सार्वजनिक रुपमा आलोचना भइरहेको थियो। तर सरकारले आगामी निर्वाचनको मिति तोकेपछि महाभियोगमाथि छलफल गर्न चाहेको हो।
 

प्रतिक्रिया दिनुहोस