नेपालीहरुलाई मतदानको अधिकार दिन माग – पौडेल

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १३ : १२
नेपालीहरुलाई मतदानको अधिकार दिन माग – पौडेल

काठमाडौं  । राष्ट्रिय जनमोर्चा पार्टीकी सांसद दुर्गा पौडेलले प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन्।आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले प्रवासीहरुको मतदानको अधिकारका विषयमा धेरै लामो समयदेखि छलफल चल्दै आएको भन्दै उनीहरुलाई निर्वाचनमा मतदानको अधिकार दिनु पर्ने बताएकी हुन्।  

सांसद पौडेलले प्रवासी नेपालीहरुको पक्षमा मतदान गर्ने अधिकारका विषयमा सर्वोच्च अदालतले समेत निर्देशन दिएको स्मरण गराएकी छन्। निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा हुनु अगावै आफ्नो मस्यौदामा प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने उल्लेख गरेको उनको भनाइ छ। आम निर्वाचनको घोषणा गरिसक्दा समेत त्यसको कुनै व्यवस्था नदेखिएको भन्दै उनले लाखौं प्रवासी नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने बताइन्। 

प्रवासी नेपालीहरुको मतदान गर्न पाउने अधिकारका विषयमा सरकार गम्भीर हुन जरुरी छ उनले भनिन् । राष्ट्रिय जनमोर्चा नेपालले विगत देखि नै प्रवासी नेपालीहरुको मतदानको पक्षमा वकालत गर्दै आएको स्मरण गराएकी छन्।

प्रतिक्रिया दिनुहोस