परराष्ट्रमन्त्री खड्का चार्डट विमानमार्फत् चीन भ्रमणमा

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १२ : ५९
परराष्ट्रमन्त्री खड्का चार्डट विमानमार्फत् चीन भ्रमणमा

काठमाडौं  । परराष्ट्रमन्त्री डा. नारायण खड्का चार्डट विमानमार्फत् चीन भ्रमणमा जान लागेका छन्।

खड्का साउन २४ गते तीन दिनका लागि चीन भ्रमणमा जान लागेका उच्च सरकारी स्रोतले जनाएको छ।उनी हिमालयन एयरलाइन्सको एयरबस ३१९ मा करिब २५ जनाको टोलीसहित जान लागेका हुन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन जानका लागेका हुन्। दुई नेताबीच कुइन जओमा भेटघाट कार्यक्रम हुनेछ।

अमेरिकी सदनकी अध्यक्ष न्यान्सी पेलोसीले गत साता ताइवान भ्रमण गरेपछि उत्पन्न द्वन्द्वको परिस्थितिमा चिनियाँ राजदूत होउ यान्छीले नेपालको एक चीन नीतिको दृढताको प्रशंसा गर्दै नेपाल र चीनको एक अर्काको सुरक्षा, सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिन आग्रह गरेकी छन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि पहिलाे उच्चस्तरीय भ्रमण हुन लागेकाे हाे।

प्रतिक्रिया दिनुहोस