महँगीको नाममा नेपालमा भोकमरी आउने खतरा बढ्यो– शान्ता चौधरी

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १२ : ४९
महँगीको नाममा नेपालमा भोकमरी आउने खतरा बढ्यो– शान्ता चौधरी

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले बजार भाउ नियन्त्रण बाहिर जाँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएकी छन् । आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद चौधरीले महँगीको नाममा नेपालमा भोकमरी आउने खतरा रहेको बताएकी हुन् । 

‘बजार भाउ बढ्दा यो सरकारले टुलु–टुलु हेरेर बसेको छ । नेपालमा पनि एक झोला सामान किन्नको लागि एक झोला पैसा लिएर जानुपर्ने अवस्था नआउँला भन्न सकिन्न । धनीले त किनेर खान सक्लान, महँगीको नाममा भोकमरी आउछन सक्छ’ चौधरीले भनिन्, ‘सरकारको काम महँगीको साक्षी बस्ने होइन । तर, यो सरकार दलाल पूँजीवादको साक्षी बनेर बसेको छ । गठबन्धन खुस्किन्छ कि भनेर बसेको छ ।’

प्रतिक्रिया दिनुहोस